Sunday, December 14, 2008

तिम्रो लागि निएती


एउटा तिखो कडा हुँ म 

रोपिनु मेरो निएती 
तिमी सोच्दा होलाउ मेरा प्यारा 
कि.......... छेडेर कोमल मुटु तिम्रो सन्तोषी छ मेरो मन 
तिमी गम्दा होलाउ मेरा राजा 
कि.... चुसेर रगत तिम्रो धुक्धुकिको उल्लासित छ मेरो जिबन 
तिमी ठान्दा होलाउ मेरा नाथ
कि ............छाडेर तिम्रो साथ टाडिएको छ मेरो स्वा स 
छ जिबित अझै सुख सएल मा छ एसको बास 

म केही भन्न सक्दिन तिमीलाई बुझाउन सक्दिन मेरो प्यारोलाई 
कि......... म आफु आँफै भित्र कती सारो उनिएकी छु 
कि............ तिम्रो मुटु चिटिदा म स्वयम खिपिएकी छु 
कि......... तिम्रो आँखा रसाउदा म स्वयम बिरोलिएकी छु 

भन्न सक्छु त मात्र यती 
कि........................ एउटा तिखो कडा हुँ म 
रोपिनु मेरो निएती रोपिनु मेरो बिबसता 

एउटा धारिलो खुकुरी हुँ म 
छिमोल्नु मेरो निएती 
तिमी सोच्दा होलाउ, मेर प्यारा 
कि...... कातेर तिम्रो निर्मल भावना सन्तोषी छ मेरो मन 
तिमी गम्दा होलाउ मेरा राजा 
कि............ रेटेर तिम्रो आसा उल्लासित छ मेरो जिबन 
तिमी ठान्दा होलाउ मेरा नाथ
कि.... चुडालेर तिम्रो आत्मा आफुबाट एक्लै हिंडेको छ मेरो आत्मा
हासिरहेको छ यो निसार यात्रामा रमितियको छ बिकार रमितामा

म केही भन्न सक्दिन तिमीलाई , बुझाउना सक्दिन मेरो प्यारोलाई 
कि ...............म आफु आँफै भित्र कती गाडीएकी छु 
कि....... तिमी एक्लिदा म स्वएम हजारौ टुक्रामा चिरिएकी छु 
कि.......... म छि या छि या भएर दुखेकी छु कुनै रनबनमा