Friday, March 19, 2010

मेरा चाहना

सबैलाई खुशी पार्न म आँफै खुशी हुनु पर्छ भन्ने थाहा छ मलाई । तर पनि जब उस्को कलिलो अनुहार सामुन्ने आउछ म सबै बिर्सदै जान्छु अनी उस्को दु:ख सँगसङै आफुलाई तेही भुलाउन खोज्छु। उस्का हर चाहना हरु पुरा गर्ने रहर छ मेरो। उस्का सबै ईच्छा हरु पूर्ण गर्ने द्रिध अठोट छ मेरो। तर मेरो सबै चाहना अनी मन का कुराहरु बिलन हुँदैजान्छन जब म यो स्वर्थी संसार मा पैला टेक्छु। हर रात राक्षसरुपी मानिस हरुले आक्रमण गर्छन् मेरा
बिचार अनी चाहनहरुलाई ।
त्यो सानो गाउको ठिटो मेरो प्रतिक्षामा छ जस्तो छ। मेरो आसमा छ जस्तो छ। म उसलाई अङालोमा हाल्न चाहन्छु उस्को नजिक गएर उस्को दु:ख सोध्न चाहन्छु उस्का सबै पिर हरु अनी चाहन हरु पुर गर्न चाहन्छु । तर मेर सबै चाहना हरु हावामा कता हराउछन कता। जब म होसमा आउछु बिचरा बालक मेरो आस गर्न छोड्छ अनी आफ्नो सबै चाहन हरु पुरा हुँदैन भनी सधैं को लागि यो संसार छोडेर जान्छ। यही अभागी हुँ म जस्का ईच्छा हरु कही कतै दुबुल्की मार्दैछन। अनी आफ्नो जीवन को लक्षलाई पुरा गर्न तत्पर छ। उस्लाई अबस्ये थाहा छ उस्को ईच्छा पुरा हुन्छ। जिन्दगीमा आएको कुनै बालकलाई उस्ले अबस्ये सेवा गर्नेछ ,मद्घत गर्नेछ। मात्र समयको प्रतिक्षा मा छ। भोली को दिनले उस्लाई कुर्दैछ। नयाँ युग को प्रतिक्षा मा छ।
Aanshu