Tuesday, December 3, 2013

नाता नै हो

नाता नै हो
नाता नै हो नयाँ जुड्दा अर्को तिर कम्जोर भयो 

हेर्दा हेर्दे सबै नाता क्षितिज पारी बिलाई गयो ।

सास थियो आस थियो शायद अब सबै गयो 
कोहो आफ्नो कोहो पराइ यि आँखाले चिन्नछाड्यो।

भुल्न कहाँ सकिन्थियो र एक पल्ट माया बसे 
तोड्न कहाँ सकिन्थियो र एक पल्ट नाता जुटे।

मन तेसै  भक्काउछ तिम्रो मेरो नाता सम्झी 
जुन हेर्दा जुनै रोयो बिगतका मर्म सम्झी ।

सबै भुली रमाउनु, सक्छौ भने माफि दिनु
दैलो सधैं खुलेको छ घुम्दै आउँदा पसिदिनु ।

खुशी नै छौ सुखी नै छौ नपुगेको के नै भयो 
नाता नै हो नयाँ जुड्दा अर्को तिर कम्जोर भयो ।।
                                                       (आशु)