Tuesday, September 4, 2012

खुशी कहाँ छ

प्यारी सानु,
तिमी जहाँ छौ खुशी छौ भन्ने आसमा छु, तिम्रो हर कदमलाई सम्मान गर्दै आज यो पत्र लेख्न आटेको छु, कुनै बिरोधका शब्द हरु लेखेछु भने बिन्ती माफ गरिदिनु, किनकी तिमीलाई दुखी बनाउने मेरो धेय होईन । दुइ दिनको चोला हो आज मरे भोली दुइ दिन हुन्छ तर जब मान्छे गुम्नाम हुन्छ तब न त दुइ दिन आउछ न आस मार्ने दिन , किन कि सधै मान्छे झिनो आसमा हुन्छ कुनै दिन आउनेछ जुन दिन हराएको सास सामु आउनेछ ।

साएद तिम्रो र मेरो जीवनको रेखा भागवनले यही सम्म कोर्नु भएको थोयो होला । तिमी सँग जती दिन बिताएको छु त्यही मेरो लागी मुल्यवान भएको छ, मान्छु तिमी सँग बिताएका हर पल खुशीका थिएनन् तर बिर्सन नसकिने अबस्य छन् । तिमी सँग बितायका हर खुशी अनि दुखी पलहरु सम्झिएर बाकिको सफर पार गर्न सक्छु सक्दिन थाहा छैन तर तिम्रा हर अपुरा चाहनाहरु पूर्ण गर्नेछु । एक मात्र नासो छोडेर गएकीछौ प्रिय यही मेरो जिन्दगीको एक मात्र साहरा ।

हिजो राती सपनिमा तिमी आएकी थियौ, केहिबेर रोएर मन भुझायौ, अनि केहिबेर हासेर, जिन्दगीमा पहिलो पल्ट तिम्रो आखामा उज्यालो देखेको थिए मैले। तिम्रो मुहार खुशीले बलेको थियो, अनि भन्दै थियौ "बिन्ती प्रिय मलाई यो सन्सार बाट टाढा लाने कोसिस नगर्नु म एक्दम खुशी छु यहाँ, मन को शान्ती छ यहाँ मलाई । " फेरी केहि बेरमा रुन थाल्यौ तिम्रो जिन्दगीका बन्द पानाहरु खोल्न थाल्यौ,पोख्दै गयौ तिम्रा मनका भावहरु म मात्र सुन्दै गय मात्र सुन्दै गय । निशब्द भए तिमीलाई सुनेर, अनि सोचे तिम्रा हर कदमहरुको कारण जुन म आफैले बुझेको थिएन, जुन यो समाज अनि परिवारले कहिले बुझ्नेछैन ।
२०२४ साल बैशाख महिनाको १५ गते मध्यपस्चिम अञ्चलको दाङ जिल्लाको एक दुर्गम,बनहरी भन्ने गाँउमा मेरी आमाको जन्म भएको थियो। धनी परिवारमा जन्म भयतापनी सामाजिक बन्धनका कारणले भनेको,चाहेको हर चाहनाहरु पुरा भयका थिएनन् । आफ्नो पढ्ने ईच्छा कहिलै पुरा नभएका कारण सधैं हामी दुई दिदी बहिनिलाई पढ्ने कुरामा भाईको भन्दा धेरै दबाब दिनुहुन्थियो । आमा भन्नुहुन्थियो "मेरा बाबु सँग भएको सम्पत्ति दाईजोमा काम लाग्यो तर पढाईमा लागेन, तेसैले मेरा लागि छोरा छोरी दुबै एउटै हुन् मैले सकेको सम्म तिमी छोरी हरुलाई पढाउनेछु ।" छोरीहरुलाई नपढाएको कुराको पस्चताप कहेलेकाही हजुरबुवाले गरेको सुनेको छु मैले, भनुहुन्थियो "मेरी माइली छोरी अरु भन्दा टाठि थियी तर बिहे गरिदिन हतार गरियो समय तेस्तै थियो।" रहर केहो ईच्छा केहो भन्ने १४ बर्षको उमेरमा आफुभन्दा ११ बर्षले जेठो केटा सँग बिहे भएको थियो आमाको। ६ सन्तान मध्य तेस्रो सन्तानको रुपमा जन्मभएको थियो आमाको, आफु भन्दा माथि एक दिदी अनी दाई भएकोले माइतिमा कहिले दु:ख गर्नु परेन मैले तर घर गर्न गार्हो भयो भन्नुहुन्थियो कहिलेकसो। सम्पति धेरै नभए पनि केटाले धेरै पढेको छ छोरी पाल्न सक्छ भनेर चिन्दै नचिनेको, देख्दै नदेखेको केटासँग जिन्दगी संगै बिताउन मागी विवाह भएको थियो। बिहे आमाको भएता पनि एक आखर आमाको मन्जुरी नामन्जुरी सोध्ने कोशीस भएन। जे छ जस्तो छ तेसैमा खुशी हुन सिक्नु पर्छ, सासुलाई सधैं आदर गर्नु पर्छ पतिको बचन भगवानको बचन हुन्छ, पतिको परिवार अब तिम्रो परिवार हो भनी पठाएका थिए आमा बुवाले त्यही आदेश भनौ या सन्देश पालना गर्दै जानु भयो आमाले अनी हामीमा पनि त्यही शिक्षा दिनु भयो । आमा भन्नुहुन्थियो नारी भनेका धर्ती हुन् त्यसैले धैर्य र शाहास हुनुपर्छ। बिहे भएको एक बर्षमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो हाम्रो परिवारमा तर त्यो खुशी मात्र १६ दिनलाई सिमित भएको थियो दाजिको देहान्त पछी ठुलो चोट अबस्य आमालाई परेको थियो तर समाज अनी परिवारले बढी चोट परेको देखावटी पिडा दर्साएका थिए किनकी एउटा पुरुष गुमाएको थियो समाजले भने बिडो धान्ने छोरो गुमाएको थियो परिवारले।
to be continued.....

No comments:

Post a Comment