उम्लिएको चुलाको चिया पुछ्दै आमाले सोध्नु भयो, होइन के कुरा गर्दैछन् सपनाका बाबु अनी साथीहरु ? सपनाले उत्तर दीइ खोही के हो के हो सधैंकोएउटै गफ त हुन्छ नि आमा बुवाहरुको संबिधान संबिधान। सुस्केरा हालेर आमाले सास लिनु भयो अनी भन्नु भयो, हुन त मैले के नै जानेकी छु र तरपनि एती बुझिसकेकी आगनिमा बसेर दुई सुर्को चियाको चुस्की लगाउदै १० बर्ष गफ गरे पनि संबिधान बन्दैन। अली ठुलो चिया बनाउने दिउरीलाएदियत सधैं एसरी चिया त पोखिदैनथियो। अनी मैले सोचे अब त नेपाली जनताले के बुझिसके भने, संबिधान भन्दा अरु धेरै कुरा छन जस्लाईहामीले priority दिनु पर्ने भयो। नेतालाई त चिन्ता छैन, लाज छैन, आनन्दले सात्ता बाड्फाड्मा लागेका छन । नेताले त सिङ्दरबारमा कार्यकर्तालाई ओइ चिया भने पुग्यो घरमा बुढी चिया भने पुग्यो; दिउरी पुरानो भयो, सानो भयो भन्ने त थाहा छैन, देश मा संबिधान चहिएको के थाहा पाउलान र कुन्नी?
No comments:
Post a Comment