बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ ।
एउटा छोरा पाउन, गणेश पुराण नलगाए पुग्छ 
सँस्कार को नाममा बाहुन क्षत्री भन्न छाडे पुग्छ 
भयो साडी लगाएर सँस्कार  जोगिदैन 
भोली मेरै छोरी बलात्कृत हुन्न भन्न सकिदैन 
धड्कन भएकी छोरीलाई गर्बमै नतुहाए पुग्छ 
बलात्कारीलाई पासो दिने कानुन ल्याए पुग्छ 
फर्कने रहर मन मुटुमा कती छ कती छ 
कसरी फर्कु म त्यहाँ, जहाँ एउटी छोरी असुरक्षित छ ?
फर्केर आउ नभन मलाई, फर्कने रहर यता पनि छ
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ । ।
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ । ।
पढेकी बुहारी खुशी खुशी छोरा सँग दफ्तर गए पुग्छ
सुख अनी दु:खमा ससुरालाई अङालो मारेर रुन पाए पुग्छ
बाबु छोराले खाएको थाल,  गर्गटोमा लगेर छोडे पुग्छ
आँफैले पकाको खाना, चिसो नहुँदै खान पाए पुग्छ 
छोरीले आँफै  बिहे गर्ने उमेर भयो भन्न पाए पुग्छ 
बस् समाजले कुरा नकाटी बिधवाको  बिहे गराए पुग्छ
सन्तान जन्माउने निर्णय घोचपेच बिना आँफै गर्न पाए पुग्छ
धेरै मागेकी छैन हे देश , नारीले अधिकार पाए पुग्छ
सन्तान जन्माउने निर्णय घोचपेच बिना आँफै गर्न पाए पुग्छ
धेरै मागेकी छैन हे देश , नारीले अधिकार पाए पुग्छ
फर्कने रहर मन मुटुमा कती छ कती छ 
तर कसरी फर्कु म त्यहाँ, जहाँ एउटा नारीको स्वाभिमानमा प्रश्न छ ? 
फर्केर आउ नभन मलाई, फर्कने रहर यता पनि छ
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ । । ।
आशु
०६-१२-२०१८
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ । । ।
आशु
०६-१२-२०१८
 
No comments:
Post a Comment