तिमी र म
कहिल्यै तिमी मेरो नजिक थियौ,
सास झैँ नजिक,
आँखा जुध्दा शब्द आफैँ फुल्थे,
मनका ढोका आफैँ खुल्थे।
आज—
एकछिन बोल्न खोज्दा पनि
शब्दहरू ओठमै सुक्छन्,
हासोहरू आधामै रोक्छन्।
किन यति असजिलो भयो
तिमी र मबीचको एक मिनेट?
एउटै बाटो हिँडेका हामी,
एउटै घाममा न्यानो खोजेका हामी,
आज किन छुट्टाछुट्टै मोडमा उभिएका छौँ?
किन एउटै आकाशमुनि
अलग–अलग एक्लोपन बोकेका छौँ?
न झगडा छ, न रिस नै, तर एउटा चिसो सन्नाटा छ
जसले हाम्रो मित्रताको न्यानोपन चोरेको छ।
सायद समय बदलियो ya सायद हामी नै बदलियौँ।
तर मनको गहिराइमा अझै एउटा सानो उज्यालो बाँकी छ
म फेरि पहिलेझैँ हाँस्न चाहन्छु तिमीसँग
No comments:
Post a Comment