कुनै कारण देखेका छैनन उस्का परिवारले उ निराश हुनुपर्नेमा तर पनि आज सार्है निरास देखिन्छे। कता कता मुटु जलिरहेजस्तो कुनै अतितले ब्युझाएजस्तो । बाहिरको बातावरण उसलाई कोलाहलहै कोलाहलले भरिएको भान हुन्छ । त्यसैले त एकान्त खोजिरहेकी हुन्छे उ कुनै अधेरो कुनामा जहाँ उज्यालोको कुनै प्रतिबिम्ब छैन। कसैलाई फुर्सद छैन यहाँ उसको मौनता को कारण बुझ्न न त कोही बुझ्ने प्रयत्न नै गर्छ। दिनानु दिन पिल्सदै छे उ मायाको अभाबमा । कसैको मायाको न्यानो स्पर्श गर्न चाहन्छे उ तर असम्भ छ यो सब उसका निम्ती किननी उ एक एड्स पीडित नारी हो।
यो समय आइपुग्नुमा सबैले उसलाई मात्र दोशी ठहराउछन अनी घ्रिणा गर्छन् के दोश उसको मात्र हो त? दोश त उसको परिवार , समाज अनी राष्ट्रको हो जस्लेजसले उसलाई यहाँ सम्म आइपुग्न वाध्य बनायो। कुनै अशिक्षित नारी होइन उ , उसलाई कुनै आर्थिक समस्या आइपुगेको थिएन, नत उसलाई कसैले मायामाधोकानै दिएको थियो, तर पनि उसको जीवनको जहाज डुब्न गयो।
उसको बाबु त खोही के मा हो supervisor अरे अनी आमा एउटा संस्थामा संलग्न भइ समाज सेवा गर्दै रे। त्यो supervisor को के काम जसले आफ्नै परिवारलाई बुझ्न सक्दैन अनी त्यो समाज सेविको के काम जसले आफ्नै सन्तानको इक्षा अनी आकंक्षा बुझ्न सक्दैन, जसले आफ्नो परिवार को सेवा गर्न जान्दैन। तेसैले त धिकार्छे उ आफुलाई अनी आफ्नो जन्म्दिनेलाई। अनेकौ कारणले मनिष कुलतमा फस्छ कोही पारिवारिक कारणले त, कोही आर्थिक कारणले भने कोही फस्छन कसैको माया नपाई।
सबै पुगेको थियो उसलाई बिहान उठेदेखी वेलुका सुत्दा सम्म पछी लाग्ने पछउटे पुराइदिएका थिए उसका बाबु आमाले। कृतिम कुराको कुनै अभाब थिएन उसलाई मात्र अभाब थियो त बाबु आमाको स्पर्श। बाबु आमाको उपस्थिती कतिबेला हुन्छ त्यो पनि भुल्नलागिसकेकी छे उ। चाहन्थी उ कुनै दिन आमाले पकाएको खान पाउ, चाहन्थी बाबु संगै खेल्न पाउ । तर दैवको खेल न हो उसका चाहना चाहनामै सिमित हुन्थे, सपना क्षितिज पारी बिलिन हुन्थे।
ठुलि हुँदै जान्छे उ दिनानु दिन परिवार प्रतिको झुकाब घट्दै जान्छ। उसले घरलाई घर होइन धर्मसालाको उपनाम दिन्छे अनी मोडिदिन्छे जिन्दगीका पलहरुलाई एक खाडलमा तर पनि उसका निम्ती त्यही खाडल स्वर्ग सरह हुन्छ। डुबाइदिन्छे आफ्नो तन अनी मनलाई गाजा र धतुरोमा, निरन्तर उडाइदिन्छे आफ्नो जिन्दगी एक सुर्को चुरोटको धुँवामा।
चुरोट र गाजा त केही होइन उसको निम्ती अब सब सामान्य हुँदै जान्छ। फेरी पिडाबाट मुक्त हुन घोचिदिन्छे आफ्नो कोमल शरिरलाई तिनै सुइरा र सिरिन्जले जहाँ हिरोइन र् स्म्याकको खेल भइराखेको हुन्छु अनी सान्त भइदिन्छे उ निमेसभारलाई। तर पनि यो पल उसलाई खुशीनै खुशीले भरिएको जिन्दगीको सरह लाग्दछ। जहाँ कुनै पिडा हुँदैन। त्यो ३५० ग्रामको गिदिले केही सोच्न पुग्दैन मात्र सान्त हुन्छे। तर उसलाई के थाहा फसिरहेको छे उ, टुटिरहेकी छ उ, लडिरहेकी छ जिन्दगीका खुड्किलाबाट।
कोमल शरीर घोच्ने क्रममा उसले आफ्नो जिन्दगीनै घोचिदिन्छे, ठुलो बज्र आआइपुग्छ उसको जिबनमा। उ एक एड्स पीडित ठहरिन्छे, तेसैले लत्ताइमाग्छे यो समाज अनी परिवारबाट । मरेर जीइदिन्छे उ। आशुको बिश पिउदै अनी मृत्युको बाटो हेरिरहन्छे पलपल कुनै एकान्त अन्धकारमा। अनी रोएर हासिदिन्छे उ।
(आशु )
Monday, April 19, 2010
Friday, March 19, 2010
मेरा चाहना
सबैलाई खुशी पार्न म आँफै खुशी हुनु पर्छ भन्ने थाहा छ मलाई । तर पनि जब उस्को कलिलो अनुहार सामुन्ने आउछ म सबै बिर्सदै जान्छु अनी उस्को दु:ख सँगसङै आफुलाई तेही भुलाउन खोज्छु। उस्का हर चाहना हरु पुरा गर्ने रहर छ मेरो। उस्का सबै ईच्छा हरु पूर्ण गर्ने द्रिध अठोट छ मेरो। तर मेरो सबै चाहना अनी मन का कुराहरु बिलन हुँदैजान्छन जब म यो स्वर्थी संसार मा पैला टेक्छु। हर रात राक्षसरुपी मानिस हरुले आक्रमण गर्छन् मेरा
बिचार अनी चाहनहरुलाई ।
त्यो सानो गाउको ठिटो मेरो प्रतिक्षामा छ जस्तो छ। मेरो आसमा छ जस्तो छ। म उसलाई अङालोमा हाल्न चाहन्छु उस्को नजिक गएर उस्को दु:ख सोध्न चाहन्छु उस्का सबै पिर हरु अनी चाहन हरु पुर गर्न चाहन्छु । तर मेर सबै चाहना हरु हावामा कता हराउछन कता। जब म होसमा आउछु बिचरा बालक मेरो आस गर्न छोड्छ अनी आफ्नो सबै चाहन हरु पुरा हुँदैन भनी सधैं को लागि यो संसार छोडेर जान्छ। यही अभागी हुँ म जस्का ईच्छा हरु कही कतै दुबुल्की मार्दैछन। अनी आफ्नो जीवन को लक्षलाई पुरा गर्न तत्पर छ। उस्लाई अबस्ये थाहा छ उस्को ईच्छा पुरा हुन्छ। जिन्दगीमा आएको कुनै बालकलाई उस्ले अबस्ये सेवा गर्नेछ ,मद्घत गर्नेछ। मात्र समयको प्रतिक्षा मा छ। भोली को दिनले उस्लाई कुर्दैछ। नयाँ युग को प्रतिक्षा मा छ।
Aanshu
बिचार अनी चाहनहरुलाई ।
त्यो सानो गाउको ठिटो मेरो प्रतिक्षामा छ जस्तो छ। मेरो आसमा छ जस्तो छ। म उसलाई अङालोमा हाल्न चाहन्छु उस्को नजिक गएर उस्को दु:ख सोध्न चाहन्छु उस्का सबै पिर हरु अनी चाहन हरु पुर गर्न चाहन्छु । तर मेर सबै चाहना हरु हावामा कता हराउछन कता। जब म होसमा आउछु बिचरा बालक मेरो आस गर्न छोड्छ अनी आफ्नो सबै चाहन हरु पुरा हुँदैन भनी सधैं को लागि यो संसार छोडेर जान्छ। यही अभागी हुँ म जस्का ईच्छा हरु कही कतै दुबुल्की मार्दैछन। अनी आफ्नो जीवन को लक्षलाई पुरा गर्न तत्पर छ। उस्लाई अबस्ये थाहा छ उस्को ईच्छा पुरा हुन्छ। जिन्दगीमा आएको कुनै बालकलाई उस्ले अबस्ये सेवा गर्नेछ ,मद्घत गर्नेछ। मात्र समयको प्रतिक्षा मा छ। भोली को दिनले उस्लाई कुर्दैछ। नयाँ युग को प्रतिक्षा मा छ।
Aanshu
Sunday, December 14, 2008
तिम्रो लागि निएती
एउटा तिखो कडा हुँ म
रोपिनु मेरो निएती
तिमी सोच्दा होलाउ मेरा प्यारा
कि.......... छेडेर कोमल मुटु तिम्रो सन्तोषी छ मेरो मन
तिमी गम्दा होलाउ मेरा राजा
कि.... चुसेर रगत तिम्रो धुक्धुकिको उल्लासित छ मेरो जिबन
तिमी ठान्दा होलाउ मेरा नाथ
कि ............छाडेर तिम्रो साथ टाडिएको छ मेरो स्वा स
छ जिबित अझै सुख सएल मा छ एसको बास
म केही भन्न सक्दिन तिमीलाई बुझाउन सक्दिन मेरो प्यारोलाई
कि......... म आफु आँफै भित्र कती सारो उनिएकी छु
कि............ तिम्रो मुटु चिटिदा म स्वयम खिपिएकी छु
कि......... तिम्रो आँखा रसाउदा म स्वयम बिरोलिएकी छु
भन्न सक्छु त मात्र यती
कि........................ एउटा तिखो कडा हुँ म
रोपिनु मेरो निएती रोपिनु मेरो बिबसता
एउटा धारिलो खुकुरी हुँ म
छिमोल्नु मेरो निएती
तिमी सोच्दा होलाउ, मेर प्यारा
कि...... कातेर तिम्रो निर्मल भावना सन्तोषी छ मेरो मन
तिमी गम्दा होलाउ मेरा राजा
कि............ रेटेर तिम्रो आसा उल्लासित छ मेरो जिबन
तिमी ठान्दा होलाउ मेरा नाथ
कि.... चुडालेर तिम्रो आत्मा आफुबाट एक्लै हिंडेको छ मेरो आत्मा
हासिरहेको छ यो निसार यात्रामा रमितियको छ बिकार रमितामा
म केही भन्न सक्दिन तिमीलाई , बुझाउना सक्दिन मेरो प्यारोलाई
कि ...............म आफु आँफै भित्र कती गाडीएकी छु
कि....... तिमी एक्लिदा म स्वएम हजारौ टुक्रामा चिरिएकी छु
कि.......... म छि या छि या भएर दुखेकी छु कुनै रनबनमा
Friday, October 17, 2008
साली मन पर्यो
तिमी होइन सानु मलाई तिम्रो लाली मन पर्यो
बोली होइन मलाई तिम्रो गाली मन पर्यो
यही हो सानु फुल भन्दा फूलको डाली मन पर्यो
मलाई रोक्न खोज्ने तिम्रो ढोकाको जाली मन पर्यो
तिमी होइन सानु मलाई तिम्रो लाली मन पर्यो
माया भन्दा घृणाले भरिएको तिम्रो ताली मन पर्यो
तिमी होइन सानु रुकावोट गर्ने खेतको आली मन पर्यो
खोई किन किन सानु मलाई तिमी भन्दा साली मन पर्यो
aanshu
Thursday, October 16, 2008
सपनिमै भात्किए म
जिन्दगीको गोरेटोमा आज ठक्कर खाए मैले
नचाहदै नचाहदै अबिइरल रुपमा आशु बगए मैले
आशाको त्यान्द्रो समात्दै गर्दा भसिन पुगे म
बिपनिमा रम्न नपाउदै सपनिमै भात्किए म
स्वर्गसारी सपनका महलहरु क्षणभर्मै बिलिन भए
समयको धारले आज हर बिश्वास छी या छी या भए
समयलाई जित्ने अठौत मेरो तर हार्न बिबस भए म
बिपनिमा रम्ननपाउदै सपनिमा भात्किए म
थाहा छैन कस्का निमित चलेका छन यि फोक्शहररु
किन किन बाँच्न वाध्य पार्छन यि गिदिहरु
हर इक्ष्या बली चाडआयि मरेर फगत जिउदो छु म
बिपनिमा रम्न नपौदै सपनिमै भात्किए म
Monday, October 6, 2008
बिजया दशमीको हार्दिक मंगलमाय शुभकामना
निरास अनुहार लगाउदै बसेको छ अर्जुन एउटा कुनामा किन भन्ने मैले अनुमान लगाउन सक्छु । म पनि तेही परिस्थिती मा छु । मलाई पनि घर को याद आउँदैछ । काठमाडौं बस्ने बाबा आमा सबै पहाड जानु भयो रे । पढ्न घर भन्दा बहिर बस्ने दिदी नि घर आएसकेकी छ रे । भाई खुशीले दग्ग छ । तर तेही चाड बाडमा घर को याद आउँदा पर्देसिएका हामीलाई नाएदिये पनि हुन्थियो लाग्छ । बाबा आमाको अशिर्बाद नलेको चार बर्ष भयो भन्दै छ अर्जुन। बहिनिको हात को टिका नलगाको त जुग जस्तो लाग्दैछ भन्छ अर्जुन । अर्जुन जस्तै सबै पीडित छौ । घर को याद मा बसेका छौ। तर पनि बाबा आमको आसिस पाएको महसुस गरेर बस्नु पर्नेछ हामीले। शायद चाडैनै हाम्रो पनि पालो आउछ दशै मनाउनलाई अनी धेउसी खेल्नलाई। कती रमाइलो हुन्छ होला है त्यो दिन । म त तेही दिन्को प्रतिक्षामा छु ।
दशै आउँला तिहार आउँला म आउने छैन
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन
बुढाभको बाजे सँग आसिस लिन पाउने छैन
नरुनु है बजै तिमी मन मेरो रसाउने छैन
धनको लोभमा पर्या होइन बाद्यता हो मेरो
टिनको छानो हाल्ने सपना होइन र बाबा हाम्रो
नसोच्नु है मेरी आमा छोरो टाढा भयो भनी
नसोच्नु है मेरा बाबा छोरो बद्लियोकी भनी
दशै आउँला तिहार आउँला म आउने छैन
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन
मन नरसाउने होइन बाबा हरेक छेडमा मुटु फुट्छ
आँफैलाई भुलेरनै रुने छैन भन्नु पर्छ
बिन्ती चेली मेरा लागि टाडैबाट अोखर फोड्नु
अर्को बर्ष शायद दाई आउछ भनी पर्खि बस्नु
दशै आउँला तिहार आउँला म आउने छैन
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन
आसुँ
Sunday, October 5, 2008
Its a great day for me
Thank you all who have helped Samikshya for her treatment. I called her father today. According to him she is doing well. Her chemotherapy process has been finished. She need to get her oral chemo so this mean she can be back to home. I am so happy to help her and her family. It's a great day for me. And I pray to god hope she will be ok after being back to home. And hope she will get rid of this oral chemo after a year. Please pray for her and for her long life. Thanks again for all who have helped her and who have prayed for her. Love you Samikshya good luck for your school and everything everyone is with you.
Subscribe to:
Posts (Atom)