Thursday, October 6, 2016

तिमी आयौ रत

बिर्सेंको थियो यो मनले हास्न अनी खुशी हुन
राणभुल्मै हराएथे आफ्नै अस्थित्व बच्चाउन
नत हासो थियो ओठमा नत मनमा खुशी नै  
कतै अल्मलिएथे  एक्लै म बेहोसिमै
                              तिमी आयौ रत सानु सास आयो,मुस्कान आयो 
                              तिमीले अङगाल्येउ रत सानु मन्मा उमङ आयो
                              तिमी नै तिमी थियौ रत सानु तेसैले जिउदो थिए म
                              मायाको एक स्पर्स के पाए हर्षले छताछुल्ल भए म
तिमीसँग हराउदा बर्षौ बितेको पत्तो पाएन
तिमीसँग रमाउदा दु:ख कत लुके थाहै भएन
मनले अझै भन्छ सानु हिजो भर्खर देखेको हो
पागल मनलाई के थाहा मायाको गाठो त नौ बर्षको हो
                                                                                          आसुँ
                                                                                       09/27/2016

Monday, August 11, 2014

सुभकामना

सुभकामना

खुसि छु आज हो धेरै नै तिम्रो निम्ति 
तिम्रो नवजीवनको मुरी मुरी सुभकामना 
येधेपी हृदयको  कुनामा सन्त्रास छाइरहेछ 
कुन्नि किन कता कता त्रास फैलिरहेछ 

कति सहज छ नि भन्न जिन्दगि यस्तै रहेछ 
आखिर मानब आत्मा न हो फरक किन हुन्छ
थाहा छैन किन यो पागल मन बुझ्दै बुझ्दैन 
आखिर किन मेरो भाब तिमि संग पुग्दैन 

सुन्य मेरो जीवनलाई  नया आयाम सिकायौ
एक्लो थिए साथित्तोको भाब किन बढायौ 
हर्सित छु म धेरै, तर किन यो मन झुकेको छ ?
यति भन्छु तिमीलाई हृदयदेखि सुभकामना छ 

Monday, July 14, 2014

मेची काली त के हो र?

Found this poem that I wrote long time ago, political situation is little changed in Nepal but reality of politicians is still the same....... 
मेची काली त के हो र, देशनै लीलाम गर्छु 
दिदी आमा त के हो र, आफ्नै छोरी बेचिदिन्छु 
परिवार त के हो र, समाज नै त्यागिदिन्छु 
कुर्ची मात्र पाउ मैले, देशनै हल्लाइदिन्छु ।।

प्रगती खोही त भन, सतिले सराप्या भन्छु 
वार्ता मात्रा भनिदेउ, चुनाव गराइदिन्छु 
कुर्ची खोसिन त लागोस, राजा कुत्ता बनिदिन्छु
कुर्ची मात्र पाउ मैले, देश नै हल्लाइदिन्छु ।।

विश्वाश मात्र त गर, म घाटी नै न्याकिदिन्छु 
सत्ता मात्र हात पारु, हिट्लर बनिदिन्छु 
शान्ति मात्र भनिदेउ, बारुद पड्काइदिन्छु
कुर्ची मात्र पाउ मैले, देश नै हल्लाइदिन्छु ।।

Monday, July 7, 2014

घुम्तिमा

घुम्तिमा

हर घुम्तिमा याद सँग लुकामारी खेल्य
दौडन चाहे तिम्रा आफन्तदेखी
तर, आज त्यो घुम्तिको डोर सकियो
स्विकार्नु पर्‍यो तिम्रा बिछोडका पिडा ।।

भक्कानिएर रुदा घाऊ अली बिशेक भयो
मुटु भित्रका काडा सबै ओझेलमा पर्‍यो
तिम्रो याद सँग दुखी होइन खुशी हुनेछु
तिम्रा आफन्तसँग फेरी अर्को धागो बाध्नेछु।।

कसम अंबु हर सास तिम्रा लागि फेर्छु
तेही घुम्तिमा म एउटा महल बनाउछु
यि अस्तिपन्जर्लाई तिम्रै यादले झस्काउछु
तिम्रा हर पिडा सम्झाइ यो शहर रुवाउछु ।।

फेरी ति घुम्तिहरु मा टहल्नेछु म
तिम्रो मिठो मुस्कान खोज्ने छु म
दु:खका पहाड पर छोडि रम्नेछु म
हर पल तिम्रा निम्ती खुशी खोज्ने छु म।।

Aanshu

Monday, June 30, 2014

संबिधान

उम्लिएको चुलाको चिया पुछ्दै आमाले सोध्नु भयोहोइन के कुरा गर्दैछन् सपनाका बाबु अनी साथीहरु ? सपनाले उत्तर दीइ खोही के हो के हो सधैंकोएउटै गफ  हुन्छ नि आमा बुवाहरुको संबिधान संबिधान। सुस्केरा हालेर आमाले सास लिनु भयो अनी भन्नु भयोहुन  मैले के नै जानेकी छु  तरपनि एती  बुझिसकेकी आगनिमा बसेर दुई सुर्को चियाको चुस्की लगाउदै १० बर्ष गफ गरे पनि संबिधान बन्दैन। अली ठुलो चिया बनाउने दिउरीलाएदियत सधैं एसरी चिया  पोखिदैनथियो। अनी मैले सोचे अब  नेपाली जनताले के बुझिसके भनेसंबिधान भन्दा अरु धेरै कुरा छन जस्लाईहामीले priority दिनु पर्ने भयो। नेतालाई  चिन्ता छैनलाज छैनआनन्दले सात्ता बाड्फाड्मा लागेका छन  नेताले त सिङ्दरबारमा कार्यकर्तालाई ओइ चिया भने पुग्यो घरमा बुढी चिया भने पुग्यो; दिउरी पुरानो भयो, सानो भयो भन्ने त थाहा छैन, देश मा संबिधान चहिएको के थाहा पाउलान र कुन्नी?

Wednesday, June 25, 2014

मर्नु परे मरे मर्छु

 मर्नु परे मरे मर्छु

तिम्रा बचनले छेडेको घाऊ हराइ गयो तर
मायाका तिखा काडाले छेडेको ठाम दुखेको छ ।।

सहन्छु म  घ्रिणाले भरिएका तिम्रा हर  प्रहार 
खुशी अझै छैनौ भने पिडा माथि पिडा थप्दै जाउ।।
अन्त्य सबैको हुन्छ तर म हासेकै हुनेछु
तिम्रो थाहा छैन, मिल्छ भने खुशी नि खोसेर जाउ ।।

तिम्रो कसम कदापी म आथ्था  पनि भन्ने छैन
नखुल्ने त्यो बन्द ढोका  कुरेर नि बस्ने छैन।।

भयो पुग्यो पिडा सबै भित्र भित्रै गुम्साइ राख्छु 
माग्ने छैन तिम्रो माया, बरु मर्नु परे मरे मर्छु ।।

Tuesday, June 3, 2014

अतितलाई फर्किएर हेर्दा !!!!

अझै पनि यो स्मोक अलार्म को आवाज सुन्दा झस्किएर आउछु अनी सम्झन्छु त्यही रातअब  बिर्सनु  पर्ने हो बर्षबितिसक्योतर मान्छे को जात  हो राम्रो चाडै नै बिर्सन्छ  नराम्रो बिर्सन जुग लाग्छ। घरमा म एक्लो थिए म सँग बस्ने दिदिहरु छुट्टी मनाउन आफन्तहरुकोमा जानु भएको थियो। एक्लो बस्नुको पिडा जस्ले भोगेको छ उस्लाई मात्र थाहा हुन्छ, जहाँ रमाइलो पनि हुन्छ अनी पिडा पनि हुन्छ। शायद मलाई पिडा मात्र थियो होला। 

गर्मी महिना चाडै खाना खाइ झ्याल ढोका सबै लगएर सुतिसकेको थिए  नेपाल हुँदा गर्मी महिनाको कुन दिन चाडै सुतियो होला र ? खाना खाए पछी बल्ल दिन सुरु हुन्थियो, खेल्न निस्कने, बाबु आमलाई छलेर खोलामा पौडी खेल्न जाने यस्तै अनगिन्ती कुरा गरिन्थियो जुन बाबु आमालाई मन पर्दैन थियो। तर म आफ्नो देशमा थिएन र यो  देशले मलाई आफ्नो बनाउन सकेको थिएन भनौ या मैले यो देशलाई आफ्नो बनाउन सकेको थिएन। 

रातिको २ बजे तिर एक्कासी अनौठो आवाजले झस्कायो, उठेर यता उती हेर्दा स्मोक अलार्म बजेको रहेछ घरमा कतै पनि आगो लागेको छैन । सबै घर हेरिसके पछी, झन डर लाग्न थाल्यो कतै धेरै गर्मी को कारणले केही भएको त होइन? हिजो बेलुका खाना बनाउदा म बाट केही गल्ती भयो कि ? अनेक प्रश्न उठे मनमा तर कुनै पनि प्रश्नको हल गर्न म सक्छेम भएन। मैले एक मात्र के सिकेको थिए भने, त्यसरी बज्न थालयो भने कुनै कपडाले अलार्मको वारी पारी हम्कनु अनी बन्द हुन्छ, हम्कन थालेको आधा घण्टा भएसक्यो बन्द हुनेको नाम लिदैन। झन पछी झन डर बड्न थालिसकेको थियो, त्यो आवाज बन्द गर्ने कुनै उपाय थिएन म सँग, राती को २ बजे कस्लाई फोन गर्नु, शायद फोन गर्नलाई पनि मनले खाएको आफ्नो थिएन होला, अनी अन्तिममा केही सिप नलागी ९११ फोन गर्न वाध्य भय ।

फोन महिलाले उठाउनुभएको थियो, उहाको स्वर सुनेपछी केही राहत आयो, सोचे कसैले मलाई सहयोग गर्छ। एकैछिनको कुराकानीमै पुलिस र दम्कलको गाडी आयो, पुलिसले घर छानबिन गरे पछी भने तिम्रो अलार्मको ब्याट्री सकिएको रहेछ भोली फेर्नु। अनी बल्ल मन झसँग भयो अनी मनमनै भने मेरो बुद्धी? शायद पुलिसहरु आउँदा सम्म पनि मेरो जिउ डरले कामिरहेको थियो, तेसैले अनेक प्रश्नगर्दा एउटा प्रश्न यो पनि थियो कि म कुनै लागु औषधी सेवन गर्छु गर्दैन, डराएर उत्तर दिएको थिए लिदैन। केही बेरमै घरमा म एक्लो भए, अनी तेही डरले रात बित्यो।

त्यो रात कसरी बित्यो बित्यो, अर्को दिन बिहानै सरु दिदिलाई फोन गरे अनी रातिको कथा सुनाए, कथा सुनाउदा झन आफुलाई अचम्म लागेर आयो, कसरी मैले त्यती सानो कुरामा डराएर रात बिताए। आमा भन्नुहुन्थियो मेरी कान्छी छोरी त निडर छ, बुदिमानी छ। त्यो दिनको घटना पछी निडर भन्ने नै बिर्सिय। छोरी एक्लै बिदेश नजाउ, बिहे गरेर जाउ, साथी भयो भने तिमीलाई सजिलो हुन्छ भनेर आमाले धेरै नै कर गर्नु भएको थियो । तर आमाको एक नसुनी, एक्लै आएकी थिए म पर्देश जहाँ आफ्नो कोही थिएन , सबै अन्जानलाई आफ्नो बनाउनु थियो, घोरिएर सोच्दा, म नै थिए हाम्रो सन्तान मा बिदेशिने पहिलो, आमालाई डर पनि किन नलागोस त सात समुन्द्र पारी छोरी पठाउदा। म धेरै नै smart छु भन्ने घमन्ड थियो, दाङमा के जिल्ला प्रथम भएको थिए मेरो घमन्ड अली धेरै नै बढेको थियो, तर किताबि किरो कहिले पनि काम लाग्दैन भन्ने बुझियो। मामा भन्ने गर्नु हुन्थियो common sense is a sense in the absence of which a person is nonsense शायद तेही भयो होला, या मैले २ बर्ष सम्म पनि यहाँको तौर्  तरिका सिक्न पछी परे होला। 

८ बर्ष हुन आट्यो परदेशीएको, जिन्दगीमा मान्छेलाई कहिले पुग्छ र? तर मनको आनन्द छ अहिले । जब अत्तितलाई पछाडि फर्किएर हेर्छु मनमा अझै कता कता डर पलाएर आउछ अनी सोच्छु बाचेकै हो हामी सकेकै हो हामीले। जब पटक पटक अनेक घटना घट्दै जान्छन, तब टाढा भएका बाबु आमा,आफन्त, प्रेमी, प्रेमिका, सबै फिक्का हुँदै जान्छ । जती सुकै नारी शक्ती, नारी आवाज भने पनि, देश बिदेश घुमे पनि, साथ चाहिन्छ हामीलाई। पिर मेटाउन साथ चाहिन्छ, दु:ख बिसाउन साथ चाहिन्छ, प्रेमी बिर्सन साथ चाहिन्छ, सुखको कुरा गर्न साथ चाहिन्छ । कसैले जब साथ दिने पहल मात्र गर्छ हामी त्यो साथलाई कहिले जान दिनैन भनी अङ्गाल्न थाल्छौ, त्यती बेला न त जात, रङ, रुप, पढाई आउछ, न धन आउछ। मात्र आउछ त साथ, माया, नजिक हुनुको आबास, आफु सुरक्षित हुनुको ढाडस  अनी आउछ त्यो साथी जस्लाई रातिको २ बजे पनि फोन गरेर घरमा त्यो आवाज बन्द गर्न सहयोग माग्न सकु। 

प्रेम निस्वार्थ हुन्छ भन्छन तर किन र कसरी थाहा छैन। मलाई लाग्छ मैले निस्वार्थ प्रेम गरेको छैन, मलाई साथ चहिएको थियो, मलाई सम्हाल्ने कोही चहिएको थियो त्यसैले प्रेम भयो, बिहे भयो  निस्वार्थ माया त म Shahid Kapoor लाई गर्छु किनकी मलाई केही पाउने आस छैन, भोली गएर Shahid Kapoor को ठाउँ अरु कसैले लिन सक्छ जस्तै Ranbeer Singh.  मलाई पाउने आस छ मेरो माया बाट, जुन हो साथ, compromise, mutual understanding, परिवारको माया, जुन मैले पाएको छु। त्यसैले त म मायामा छु अनी दिनहु माया बढेर जादैछ।

धेरै बर्ष पछी फेरी हिजो राती त्यही स्मोक अलार्मको आवाज सुनियो तर यो पल्ट कोही थियो म सँग, कोही थियो बिगतको कथा सुन्न, अनी म झस्किएर उठ्दा ढाडस दिन।

आसुँ