Friday, April 28, 2023

के मागौ भागवान सँग


यहाँ किरा देखी हिरा सम्म ल्याबमै बनाइन्छ

यहाँअ गुच्चा देखी बच्चा सम्म ल्याबमै सिर्जिन्छ


बिज्ञानले फड्को मार्यो र त तिमी छौ 

नफर्कने खोला पनि फर्काएर लायका छौ 


तिता छन अनि मिठा छन बिगताका पलहरु 

कोही कस्ले सोध्यो किन बगे आसुका भलहरु


तिमी अघी दुइ अनमोल रतन गुमाएका छौ 

जे भयो जसो भयो तिमीलाई हेरी मन बुझाएका छौ 


तिमी हाम्रो पहिलो प्रेम हौ अबश्य भन्दिन म 

बस अब के मागौ भागवानसँग जान्दिन म