Wednesday, September 12, 2018

चाड बाड

चाड बाड आउँदा मन निचुरिएर आउछ फेरी तेही निचुरिएको मनले केही लेख्न जमर्को दिएको छ। यसपाली चाड बाडको अनी आफन्तको अभाबलाई आत्म साथ गर्दै केही लेखेको छु कस्तो लाग्यो कमेन्ट गरिदिनु होला


जनै पुर्णिमा आयो बिधी पुराइ क्वाटी नि खाइयो
तर  जनै र तावा बिनाको जनै पुर्णिमा के रमाइलो

कृष्ण जन्माष्टमी आउँदा आउँदै गयो
देशमा जस्तो रमाइलो कहाँ देख्न पाइयो

बाबुको मुख हेर्ने दिन फेसबुकले काम चल्यो
अर्को बर्ष पक्का आउछु भन्दै फेरी टारियो

आज तीज अरे,मनमा होइन फेसबुकमा
उदासिले छोडेको छैन न त देश्मा न पर्देशमा

दशै आउछ तर निधार ले टिका पाउछ पाउदैन
टिकाको दिन सनिबार आइतबार पर्छ पर्दैन

यसपाली को तिहारमा  आउँदैन होला भन्छ भाई
देशमा भएपो बिदा हुन्थियो, निरास  हुँदै भन्छ भाई

चाड बाड  सम्झदै गाडी चडेर डलर कमाउन सजिलो ?
या देशमै बसेर दुइ चार पैसाले चाड बाड टार्न सजिलो ?

कुन सजिलो अझै पत्तो पाउन सक्या छैन
बिगत तेर्ह बर्ष देखी यो मन दोमन हुन छोड्याछैन

फर्केर जाउ कसरी, कमाइ खाने भाडो बलियो छैन
आफु तड्पिए पनि अरुको खुशी छिन्न सक्या छैन

म त सुली चडे चडे, अरु कोही नचडे हुन्थियो
आमा बाबु बिरामी पर्दा गोडान मुनी पर्न पाए हुन्थियो

आसुँ
०९/१२/२०१८