Wednesday, September 12, 2018

चाड बाड

चाड बाड आउँदा मन निचुरिएर आउछ फेरी तेही निचुरिएको मनले केही लेख्न जमर्को दिएको छ। यसपाली चाड बाडको अनी आफन्तको अभाबलाई आत्म साथ गर्दै केही लेखेको छु कस्तो लाग्यो कमेन्ट गरिदिनु होला


जनै पुर्णिमा आयो बिधी पुराइ क्वाटी नि खाइयो
तर  जनै र तावा बिनाको जनै पुर्णिमा के रमाइलो

कृष्ण जन्माष्टमी आउँदा आउँदै गयो
देशमा जस्तो रमाइलो कहाँ देख्न पाइयो

बाबुको मुख हेर्ने दिन फेसबुकले काम चल्यो
अर्को बर्ष पक्का आउछु भन्दै फेरी टारियो

आज तीज अरे,मनमा होइन फेसबुकमा
उदासिले छोडेको छैन न त देश्मा न पर्देशमा

दशै आउछ तर निधार ले टिका पाउछ पाउदैन
टिकाको दिन सनिबार आइतबार पर्छ पर्दैन

यसपाली को तिहारमा  आउँदैन होला भन्छ भाई
देशमा भएपो बिदा हुन्थियो, निरास  हुँदै भन्छ भाई

चाड बाड  सम्झदै गाडी चडेर डलर कमाउन सजिलो ?
या देशमै बसेर दुइ चार पैसाले चाड बाड टार्न सजिलो ?

कुन सजिलो अझै पत्तो पाउन सक्या छैन
बिगत तेर्ह बर्ष देखी यो मन दोमन हुन छोड्याछैन

फर्केर जाउ कसरी, कमाइ खाने भाडो बलियो छैन
आफु तड्पिए पनि अरुको खुशी छिन्न सक्या छैन

म त सुली चडे चडे, अरु कोही नचडे हुन्थियो
आमा बाबु बिरामी पर्दा गोडान मुनी पर्न पाए हुन्थियो

आसुँ
०९/१२/२०१८

Monday, August 20, 2018

तागत

घरको सबै भन्दा कुनाको त्यो खालि कोठा 
आठ वर्ष देखिको तिम्रो र मेरो मनको रहर
तिस नपुग्दै दुइ सन्तानको आमा हुने मेरो चाह
उफ्फ़ खाली कोठा हाम्रो रहर अनि मेरो चाह

समाजलाई उत्तर दिदादिदै थाकेको यो मन
आफुलाई सम्झाउदा सम्झाउदै झरेको यो मुटु
खुसीको नाटक गर्दा गर्दै बिसाएको यो ओठ
उफ्फ़ यो मन यो मुटु अनि बिसाएको यो ओठ

समाज बीच रमाउने म, आजभोलि खोक्रो लाग्छ
अब त सुरु गर्नु पर्यो, भन्छन भन्ने डर लाग्छ
आलो घाउ कोट्टाउछ समाज चिच्चाउन मन लाग्छ
उफ्फ़ यो खोक्रो पना यो डर अनि यो चिट्चिहाट

कोठाले रंग पाएको छैन, नत रहरले गीत पाएको छ
चाहनाले मनको सागर तर्न, अझै कती बाँकी छ
बस अब रंगले पोतेर गीत गाउदै सागर तर्नु छ
उस्को कमीलाइ तागत मानेर खोक्रोपनाबाट निस्कनु छ
आँशु 
०८/२०/२०१८ 

Tuesday, June 12, 2018

फर्केर आउ

फर्केर आउ नभन मलाई, फर्कने रहर यता पनि छ
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ  ।

एउटा छोरा पाउन, गणेश पुराण नलगाए पुग्छ 
सँस्कार को नाममा बाहुन क्षत्री भन्न छाडे पुग्छ 

भयो साडी लगाएर सँस्कार  जोगिदैन 
भोली मेरै छोरी बलात्‍कृत हुन्न भन्न सकिदैन 

धड्कन भएकी छोरीलाई गर्बमै नतुहाए पुग्छ 
बलात्कारीलाई पासो दिने कानुन ल्याए पुग्छ 

फर्कने रहर मन मुटुमा कती छ कती छ 
कसरी फर्कु म त्यहाँ, जहाँ एउटी छोरी असुरक्षित छ ?

फर्केर आउ नभन मलाई, फर्कने रहर यता पनि छ
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ   । । 

पढेकी बुहारी खुशी खुशी छोरा सँग दफ्तर गए पुग्छ
सुख अनी दु:खमा ससुरालाई अङालो मारेर रुन पाए पुग्छ

बाबु छोराले खाएको थाल,  गर्गटोमा लगेर छोडे पुग्छ
आँफैले पकाको खाना, चिसो नहुँदै खान पाए पुग्छ 

छोरीले आँफै  बिहे गर्ने उमेर भयो भन्न पाए पुग्छ 
बस् समाजले कुरा नकाटी बिधवाको  बिहे गराए पुग्छ

सन्तान जन्माउने निर्णय घोचपेच बिना आँफै गर्न पाए पुग्छ
धेरै मागेकी छैन हे देश , नारीले अधिकार पाए पुग्छ

फर्कने रहर मन मुटुमा कती छ कती छ 
तर कसरी फर्कु म त्यहाँ, जहाँ एउटा नारीको स्वाभिमानमा प्रश्न छ ? 

फर्केर आउ नभन मलाई, फर्कने रहर यता पनि छ
बस् देश अनी देश बासीसँग, सम्झौता गर्न बाँकी छ   । । ।
आशु
०६-१२-२०१८ 



Tuesday, June 5, 2018

सम्झदा तिमीलाई

सम्झदा तिमीलाई, मन मुटु चुडिएर आएको छ
दिमागले फेसबूक खोलेर, तिमीलाई हेर भनेको छ
धन्न मुहारपुस्तिका छ र ,तिमीलाई हेर्ने बाहना छ
नभए त तिमी कहाँ म कहाँ, सम्भव कहाँ छ
मात्र तिमीलाई सम्झेर, उदास हुने अधिकार छ
मलाई सम्झने नसम्झने, बस तिम्रो हातमा छ
भयो नसम्झनु, यो मनले कतै किनारा पाएको छ
बस कहिले काही तिम्रो सम्झनामा कलम सरेको छ
06/05/2018
Aanshu

Wednesday, May 16, 2018

म भित्रको मौनता

म भित्रको मौनता

बोल्न नपाई बिमुख भएका छन बोलिहरु 
सोच्न नपाई कर्तब्एबिमुख छन बिचारहरु 
थाहा छ सुन्न खोज्छ कोही मेरा औच्चारित बोली 
तर पनि डराउछ उ कसैसँग अनी झस्किन्छ 

सधैंको लागि बन्द हुन्छ मेरो स्वोर कन्ठ 
मेरो चित्कारहरु भित्र भित्रै मडारिन्छ मात्र मडारिन्छ 
अनी आँफै माथि अबिश्वासको प्रश्न उठाउछु म 
बिराउ केही पनि त छैन तैपनी मन किन पोल्छ ?


आसुँ 
नखुलेको दिन 

फुलेको केस अनी म

एउटा फुलेको केसले दिनै नरमाइलो बनाएर छोड्यो। आजको दिनमा मेरो असल साथी एही ऐना भयो। एही ऐनाको र मेरो धेरै बेर मिठो अनी नमिठो वार्तालाप भयो। उस्लेत भन्दै थियो किन चिन्ता लिन्छौ एउटा केस त फुलेको हो। तेही केसलाई निर्मुलिकरन गर्न धेरै नै कष्ठ भयो। अन्तेमा केस हातमा आउँदा कुनै युध जितेको भान भयो अनी खुशीले गद्गद भए। तर त्यो खुशी केहीबेरलाई थियो। किनकी तेही सेतो केस्ले मलाई नै हेर्दै थियो। म त एक्लो थिए तेसैले जितेजस्तो लाग्यो होला अब आउने दिन्मा म जस्तो कती आउनेछन आउनेछन अनी तेरो केही लाग्ने छैन। अनी फेरी खोज्न थाले फुलेको केस। अब त मलाई ऐना देखी नि लाज लाग्न थालिसक्यो । अब त यो ऐनाले पनि जिस्काउन थालिसक्यो। अनी आँफै सँग प्रश्न गरे के छ त्यस्तो यो फुलेको केसमा ? किन करोडौको बिचमा रहेको एउटा सेतो त्यन्द्रोले मेरो दिनै बिगार्यो ? किन मलाई हारेको महसुस भएर आयो ? किन ? यस्तै यस्तै प्रश्नहरुले मन मस्तिस्क भरिएर आयो अनी आँफैले उत्तर दिए जुन उत्तरहरुले जिन्दगीलाई हेर्ने दृष्‍टिकोड देखाइदियो । जिन्दगीमा रहेका अनेकौ पाटाहरु मध्ये एउटा सुनौलो पाटो सँग चिनाजानि  गराइदियो

यो एउटा सेतो केस भनेको जिन्दगीमा आउने कठिनाई हो। तिमीलाई जसरी हेर्नु मन छ त्यसरीनै हेर्न सक्छौ। ति करोडौ कालो केसहरु हेरेर तिमी कहिले पनि खुशी भएनौ  होला किनकी कुनै दु:ख नगरि पाएको कुरा न थियो , तर जब तेही केस सेतो भयो किन चिन्ता? बाँकी रहेका केस हेरेर अझै पनि खुशी हुन सक्दैनौ तिमी। तिमीसँग जे छैन तेही चहिएको छ। अब एउटा केसलाई लुकाउन अनेक जुक्ती निकाल्दैछौ तिमी । कपालमा मेहेन्दी लगाउने कि ? कुन रङ्को लगाउने, कि अरु कुनै केमिकल लगाउने ? तिम्रो केस फुल्नुमा तिम्रो कुनै हात थियो त सिबाय आमाले टाउकोमा नुन पार्नु हुँदैन छोरी भन्दा यो ममी पनि के भन्नु हुन्छ हुन्छ भनेर आमालाई उडाउने बाहेक। तर नुन र केसमा कतिको सम्बन्ध छ यो अझै कसैले अनुसन्धान गरेको छैन होला। जुन कुरा आफ्नो बसमा छैन तेही कुरालाई लिएर किन आफुलाई दु:ख दिनु ? बरु बाँकी रहेको करोडौ -१ केसलाई हेरेर खुशी हुन्छु म। सेतो केस त मात्र एउटा उधारण हो हाम्रो जिबनमा आउने अड्चन हरुको। यि अड्चन हरुलाई कसरी हेर्ने अनी कसरी आफ्नो मनलाई सम्हाल्ने हाम्रो बसको कुरा हो। जुन कुरा आफ्नो बसमा छैन किन चिन्ता? जिन्दगी भरी आफुले सम्हालेका सुखहरुलाई एउटा दु:खले कुल्चिन दिने नदिने पनि आफ्नै बसको कुरा।
एउटा फुलेको केसले सिकाएको पाठ
आसुँ
05/16/2018

Tuesday, May 8, 2018

In the kindest manner imaginable, he made it clear that he wanted me out of his life. Surprisingly, instead of evoking sadness or anger, it brought me immense joy – one of the happiest moments I've experienced. A weighty guilt that I had been carrying in my heart has now been lifted, and I no longer bear that burden. The happiness is indescribable.

I am now free, liberated from everything that held me back. I can soar with the love of my life, and although it took many years, the moment has finally arrived. Gratitude fills my heart for everything, especially for today. From this point forward, I have nothing to do with you, and I am confident you feel the same way. Life has undergone significant changes, but they are all for the better. Wishing you a joyful life, my friend. +