Monday, August 20, 2018

तागत

घरको सबै भन्दा कुनाको त्यो खालि कोठा 
आठ वर्ष देखिको तिम्रो र मेरो मनको रहर
तिस नपुग्दै दुइ सन्तानको आमा हुने मेरो चाह
उफ्फ़ खाली कोठा हाम्रो रहर अनि मेरो चाह

समाजलाई उत्तर दिदादिदै थाकेको यो मन
आफुलाई सम्झाउदा सम्झाउदै झरेको यो मुटु
खुसीको नाटक गर्दा गर्दै बिसाएको यो ओठ
उफ्फ़ यो मन यो मुटु अनि बिसाएको यो ओठ

समाज बीच रमाउने म, आजभोलि खोक्रो लाग्छ
अब त सुरु गर्नु पर्यो, भन्छन भन्ने डर लाग्छ
आलो घाउ कोट्टाउछ समाज चिच्चाउन मन लाग्छ
उफ्फ़ यो खोक्रो पना यो डर अनि यो चिट्चिहाट

कोठाले रंग पाएको छैन, नत रहरले गीत पाएको छ
चाहनाले मनको सागर तर्न, अझै कती बाँकी छ
बस अब रंगले पोतेर गीत गाउदै सागर तर्नु छ
उस्को कमीलाइ तागत मानेर खोक्रोपनाबाट निस्कनु छ
आँशु 
०८/२०/२०१८