Tuesday, December 3, 2013

नाता नै हो

नाता नै हो
नाता नै हो नयाँ जुड्दा अर्को तिर कम्जोर भयो 

हेर्दा हेर्दे सबै नाता क्षितिज पारी बिलाई गयो ।

सास थियो आस थियो शायद अब सबै गयो 
कोहो आफ्नो कोहो पराइ यि आँखाले चिन्नछाड्यो।

भुल्न कहाँ सकिन्थियो र एक पल्ट माया बसे 
तोड्न कहाँ सकिन्थियो र एक पल्ट नाता जुटे।

मन तेसै  भक्काउछ तिम्रो मेरो नाता सम्झी 
जुन हेर्दा जुनै रोयो बिगतका मर्म सम्झी ।

सबै भुली रमाउनु, सक्छौ भने माफि दिनु
दैलो सधैं खुलेको छ घुम्दै आउँदा पसिदिनु ।

खुशी नै छौ सुखी नै छौ नपुगेको के नै भयो 
नाता नै हो नयाँ जुड्दा अर्को तिर कम्जोर भयो ।।
                                                       (आशु)

Tuesday, July 16, 2013

सन्तुस्ट कहिले हुन्छ

सन्तुस्ट कहिले हुन्छ

चिरेर हेर्छु जब जिन्दगीलाई 
उदासी मन नराम्रारी कोल्टो फेर्छ  

दौडन खोज्छु जती तिम्रो छाया देखी 
टुक्रेको मुटुले चिचाउदै निस्ठुरी भन्छ 

तन पोलेको छ मन भत्केको छ 
तै पनि दुनियाँ सामु हास्नु परेकै छ 

रातमा अन्धकारले नराम्रो सँग चिडाउछ
भन्छ मान्छे  न हो सन्तुस्ट कहिले हुन्छ ।।
आशु  .....

Friday, May 17, 2013

Can you please

Can you please

In this barren land  I have no friends
I have lost them over water
I never mattered to them
You are the one who is near and dear
Hold my hand with love and care

I can’t hear clatter here
Feel so afraid and tearful
I wish I can shout at you
I wish I can be there with you

Again and again with you
Where the bell will ring
The temples will glow
You can whistle at me
I can cry with you
I just wanted to be near

Just want you to know
I am addicted to you
If you leave me
I am not a lion any more
I am just a snail
But still try crawl to meet you

I want to shout
Can I please scream at you
Please hold my hand
Please ring a bell of hope
Be in my life for ever and ever

Aanshu
09/17/2013