Tuesday, June 5, 2018

सम्झदा तिमीलाई

सम्झदा तिमीलाई, मन मुटु चुडिएर आएको छ
दिमागले फेसबूक खोलेर, तिमीलाई हेर भनेको छ
धन्न मुहारपुस्तिका छ र ,तिमीलाई हेर्ने बाहना छ
नभए त तिमी कहाँ म कहाँ, सम्भव कहाँ छ
मात्र तिमीलाई सम्झेर, उदास हुने अधिकार छ
मलाई सम्झने नसम्झने, बस तिम्रो हातमा छ
भयो नसम्झनु, यो मनले कतै किनारा पाएको छ
बस कहिले काही तिम्रो सम्झनामा कलम सरेको छ
06/05/2018
Aanshu

No comments:

Post a Comment