Saturday, August 7, 2004

तिम्रो मनमा म छैन


हरेक् खुसि त मागेकी होइन 
मत्र सद्-भाब देखाइदेउ 
सम्पुर्ण फूल त मागेकी छैन 
एउटा पत्र काफि छ 
तर तिमिलाइ सद्-भाब दर्साउने 
समय छैन, पत्र दिने मन छैन 
तसर्थ म भन्छु तिम्रो मनमा म छैन ।।


आकशका सबै तारा त मागेकी हैन
एउटा जीउने किरण देखाइदेउ
बगैचाका हरेक फूल त मागेकी होइन
एउटा गुलाब भए पुग्छ
तर मेरा लागी  न त तारा नै छ न गुलाब
सब तिम्रो मायालुलाई काफि छैन
तसर्थ म भन्छु तिम्रो मनमा म छैन ।।

सबै माया मागेकी त होइन मात्र
मन्चन गरे पुग्छ
तिम्रो हात मागेकी होइन
एउटा दिशानिर्देश गर्ने औठा भए पुग्छ
तर मेरा लागी न त तिमि मन्चन् गर्छौ
न एउता औठा नै समर्पण गर्छौ
तसर्थ म भन्छु तिम्रो मनमा म छैन ।।

No comments:

Post a Comment