Monday, April 4, 2011

के हुन्छ १५ मिनेट धेरै सुते ?

धेरै पछी गहिरो सोचाइमा डुबे आज म तर आफ्नो बारेमा होईन अरुकसैको बारेमा सोचदै थिए। सुताइ अनी जीवन को आनन्द बीच गहिरो वार्तालाप हुदैथियो मेरो मस्तिस्कमा। गुलियो पनि धेरै भयो भने तितो हुन्छ । सुताइ तेति बेला सम्म राम्रो हुन्छ जतिबेला सम्म ज्यानले मागेको हुन्छ। तर धेरै भयो भने त्यो पनि राम्रो हुदैन, सबै कुराले। मन, मस्तिस्क अनी ज्यानलाई हानी हुन थल्छ। ज्यान्मा त हानी हुन्छ सबैलाई थाहा होला तर मन, अनी भाबनामा कसरी असर पार्छ आज थाहा पाउदैछु। आज मेरो दिमागले भन्दै थियो प्रेमी अनी प्रेमिका को बीच को झगडा को कारण बन्न सक्छ सुताइ। असल बुढा अनी बुढी बीच मा तगारो हुन सक्छ सुताइ, जिन्दगीको सबै भन्दा ठुलो गल्ति हुन सक्छ कुनै एक दिन को सुताइ

No comments:

Post a Comment