Monday, October 6, 2008

बिजया दशमीको हार्दिक मंगलमाय शुभकामना

निरास अनुहार लगाउदै बसेको छ अर्जुन एउटा कुनामा किन भन्ने मैले अनुमान लगाउन सक्छु । म पनि तेही परिस्थिती मा छु । मलाई पनि घर को याद आउँदैछ । काठमाडौं बस्ने बाबा आमा सबै पहाड जानु भयो रे । पढ्न घर भन्दा बहिर बस्ने दिदी नि घर आएसकेकी छ रे । भाई खुशीले दग्ग छ । तर तेही चाड बाडमा घर को याद आउँदा पर्देसिएका हामीलाई नाएदिये पनि हुन्थियो लाग्छ । बाबा आमाको अशिर्बाद नलेको चार बर्ष भयो भन्दै छ अर्जुन। बहिनिको हात को टिका नलगाको त जुग जस्तो लाग्दैछ भन्छ अर्जुन । अर्जुन जस्तै सबै पीडित छौ । घर को याद मा बसेका छौ। तर पनि बाबा आमको आसिस पाएको महसुस गरेर बस्नु पर्नेछ हामीले। शायद चाडैनै हाम्रो पनि पालो आउछ दशै मनाउनलाई अनी धेउसी खेल्नलाई। कती रमाइलो हुन्छ होला है त्यो दिन । म त तेही दिन्को प्रतिक्षामा छु । 

दशै आउँला तिहार आउँला म आउने छैन 
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन 
बुढाभको बाजे सँग आसिस लिन पाउने छैन 
नरुनु है बजै तिमी मन मेरो रसाउने छैन 

धनको लोभमा पर्या होइन बाद्यता हो मेरो 
टिनको छानो हाल्ने सपना होइन र बाबा हाम्रो 
नसोच्नु है मेरी आमा छोरो टाढा भयो भनी 
नसोच्नु है मेरा बाबा छोरो बद्लियोकी भनी 

दशै आउँला तिहार आउँला म आउने छैन 
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन

मन नरसाउने होइन बाबा हरेक छेडमा मुटु फुट्छ 
आँफैलाई भुलेरनै रुने छैन भन्नु पर्छ 
बिन्ती चेली मेरा लागि टाडैबाट अोखर फोड्नु 
अर्को बर्ष शायद दाई आउछ भनी पर्खि बस्नु 

दशै आउँला तिहार आउँला म आउने छैन 
घर सम्झी मेरी आमा बिन्ती म फिर्ने छैन

आसुँ

No comments:

Post a Comment